About the event
ईच्छाकामना गाउपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरणः
——————————————————-
चितवनको कुरिनटार स्थित ईच्छाकामना गाउँपालिकाको आईसोलेसन सेन्टरमा अत्याबश्यक रहेको ईसिजी (ECG) मेसिन १ थान र पेसेन्ट मोनिटर (Patient Monitor) १ थान गरी कुल २ थान (रु.१ लाख ७० हजार रुपैयाँको) स्वास्थ्य उपकरण गाउँपालिका प्रमुख गीता कुमारी गुरुङलाई २०७८ साल जेठ १८ गते मंगलबारका दिन यस समाजका प्रतिनिधि नारायण अधिकारीको रोहबरमा हस्तान्तरण गरिएको जानकारी गराईन्छ ।
उक्त स्वास्थ्य उपकरण ‘मिसन अक्सिजन’अभियान अन्तर्गत संकलित रकम मध्येबाट खरीद गरी हस्तान्तरण गरिएको हो । यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरु प्रति चितवन समाज अष्ट्रेलिया हार्दिक धन्यबाद ज्ञापन गर्दछ । साथै आगामी दिनहरुमा समाजले आयोजना गर्ने सामाजिक कार्यमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
आज्ञाले,
श्यामसुन्दर गिरी
प्रबक्ता तथा
चितवन समाज अष्ट्रेलिया
मितिः १९ जेठ २०७८ रोज ४ ।