About the event
चितवन समाज अष्ट्रेलियाले ‘मिसन अक्सिजन’अभियान अन्तर्गत संकलित सहयोग रकमबाट भरतपुर अस्पताललाई कुल ६० थान अक्सिजन सिलिण्ड हस्तान्तरण गरेको अबगत नै छ । सोही अभियानकाक्रममा संकलित रकम मध्ये चितवनको मुग्लिङ बजारमा अबस्थित सामुदायिक अस्पताल मुग्लिङ हाईवे अस्पताललाई १ हजार ५ सय अष्ट्रेलियन डलर अर्थात् १ लाख ३३ हजार ४ सय २८ रुपैया कोभिड बिरामीको लागि निःशुल्क आईसोलेसन वार्ड संचालनका लागि भुक्तानी गरिएको जानकारी गराईन्छ ।
यस अभियानमा सहयोग गर्नुहुने समस्त सहयोगदाताहरुमा हार्दिक नमन !
चितवन समाज अष्ट्रेलिया