Mission Oxygen, Chitwan | Save life

About the event

हार्दिक धन्यबाद !
——————–
पछिल्लो समय नेपालमा फैलिएको कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्टका कारण विश्वभरका नेपालीहरु चिन्तित बनिरहेको अबस्थामा चितवन समाज अष्ट्रेलिया परिवार पनि चिन्तित रहेको जानकारी गराईन्छ ।
कोरोनाभाईरसका कारण स्वास्थ्य नगरीका रुपमा चिनिने र देशैभरका बिरामीहरुको आशाको केन्द्र रहेको चितवन जिल्लाको सरकारी अस्पताल मध्ये अधिकांश बिरामीहरुले सेवा लिनुहुने भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराई मानवीय सेवाका लागि अष्ट्रेलियामा सहयोग रकम संकलन गरी तीन चरणमा ६० थान अक्सिजन (१० लाख ७५ हजार) सहितका सिलिण्डरहरु बितरण कार्य सम्पन्न भएको घोषणा गर्न पाउदा यो दुःखद् क्षणमा केहि हदसम्म भए पनि खुसी मिलेको हामीले महशुस गरेका छौ । हाम्रो यस पबित्र कार्यमा हातेमालो गर्नुहुने सम्पुर्ण सहयोग दाताहरु प्रति समाज नतमष्तक छ ।
चितवन समाज अष्ट्रेलिया परिवार ।
२०२१-२०२३
४ जेठ २०७८

Event Date/Time:

May 13, 2021 2:15 pm

Event Coordinators:

Keshab P Sapkota, Purna Ghimire, Bikash Bartaula, Sit Subedi, Shyam Sundar Giri

Event Gallary